Logo

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त मेडिकल तालिम सुरु



काठमाडौं, ८ चैत्र । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त रुपमा मेडिकल तालिम सोमबारदेखि सुरु भएको छ ।

छाउनीस्थित विरेन्द्र अस्पतालमा आयोजना गरिएको कार्यक्रमको क्लिनिकल रजिष्टार प्राविधिक सहायक रथी डा.राजिवराज शाहीले शुभारम्भ गरेका हुन् ।

विभिन्न अपरेशन, दैवी प्रकोपको दौरानमा घाईते हुने व्यक्तिहरुलाई तत्काल Medical Evacuation (MEDEVAC)  गरी स्वास्थ्योपचार सेवा प्रदान गर्ने कार्यलाई सहज एवं प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित तालिममा अमेरिकी सेनाबाट १८ र नेपाली सेनाबाट ४२ जना गरी जम्मा ६० जना शिक्षार्थीहरु सहभागी भएका छन् ।

उक्त तालिम गत चैत्र ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ । संयुक्त तालिमबाट दुई देशका सेनाबीच रही आएको मैत्रिपूर्ण तथा पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन मद्दत पुग्ने तथा भविष्यमा आउन सक्ने जस्तोसुकै परिस्थितिहरुमा पनि छिटोछरितो र सहज ढंगले स्वास्थ्योपचार सेवा प्रदान गर्न दुवै देशका सेनाहरुको क्षमता अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्