Logo

प्रचण्डले गरे मन्त्रिमण्डल पुर्नगठनको खुलासा, केही हेरफेर र केही नयाँ आउने



काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल चाँडै पुर्नगठन हुने खुलासा गरेका छन् । उनले मन्त्रिमण्डलमा हेरफेरको कुरा चलेको र केही मन्त्रालय हेरफेर हुने खुलासा गरेका हुन् ।

‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ,’ प्रचण्डले आज जनकपुरमा पुगेर भने,‘केही मन्त्रालय हेरफेर हुने कुरा चलेको छ, केही नयाँ आउने सम्भावना पनि छ ।’ प्रचण्डले मन्त्रिपरिषद् हेरफेर र नयाँ आउने सम्भावना रहेको स्पष्ट पारे ।

प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुँदा हैसियत अनुसारको मन्त्रालय र संख्या पाउनुपर्ने विषय रहेको बताए । आफूहरुले विगतमा त्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टीका लागि बढी मन्त्रालय छाडेको बताए । उनले भने,‘हेरफेर भयो भने अब हामीलाई हैसियत अनुसारको मन्त्रालय भने चाहिन्छ ।’

गठबन्धन विस्तार गरी लोकतान्त्रिक समाजवादी पार्टीलाई ल्याउनेबारे छलफलबारे सोधिएको प्रश्नमा उनले औपचारिक कुराकानी नभएको बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपासँग कुराकानी गरिरहेको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot