Logo

एमसीसीले नेपालको विकासमा कायापलट हुन्छ भन्ने मलाई लाग्दैन्, ओलीको बोली जनताको बोली हो : महासेठ (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आफ्नो पार्टीका उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरुको चीन भ्रमण कुनै रहस्यमयी नभएको बताएका छन् । उनले विष्णु पौडेल चीनमा हुने कार्यक्रममा सहभागी हुनको लागि मात्रै गएको स्पष्ट पारेका हुन् ।

उनले अहिले उपाध्यक्ष पौडेल चीन जानु भनेको एमाले र चीनबीचको सम्बन्ध सुधार गर्न गएको भन्नु गलत हुने बताए । उनले अहिलेपनि एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाईचाराको सम्बन्ध रहेको सुनाए । उनले भने,‘हाम्रो सम्बन्ध कहाँ बिग्रिएको छ ? सम्बन्ध सुधार गर्नुपर्ने कारण छैन् ।

उनले बीआरआई नेपालको हितमा रहेको सुनाए । उनले बीआरआई र एमसीसीबीच तुलना गर्नु कुनै जरुरी नभएको जिकिर गरे । उनले आफ्नो विचारमा एमसीसीले नेपालको विकासमा कायापलट हुन्छ भन्ने नभएको स्पष्ट पारे ।

उनले एमाले र माओवादी केन्द्रबीच अहिले एकताको सम्भावना नदेखेको सुनाए । तर, राजनीतिमा असम्भव भने केही नभएको उनको भनाई छ । उनले भने,‘आजको भोलि नै एमाले र माओवादी केन्द्रबीच एकता हुने सम्भावना छैन् । तर, राजनीतिमा एकता नहोला भन्न सकिँदैन् । सम्भावना पनि छ ।’ उनले आफूहरु नै यो देशको सच्चा कम्युनिष्ट भएको सुनाए । उनले अध्यक्ष केपी शर्मा ओलीले बोल्ने हरेक बोली जनताको बोली नै भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot