Logo

दोहोरो अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार



काठमाडौं, ८ चैत्र । साताको कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज १२ दशमलव ५४ अंकले बढेर २६ सय ४७ दशमलव २० विन्दु कायम भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ६ अंकले बढेर ४९८ दशमलव ३६ विन्दु कायम भएको छ।

शेयर बजारमा आज २३५ कम्पनीको २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot