Logo

लेटाङ घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न कांग्रेस नेताको माग



काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

पौडेलले सेवामा खटिएकी उर्मिला श्रेष्ठको मृत्युप्रति दुःख व्यक्त गर्दै त्यस्ता घटना बारम्बार दोहोरिदै जाँदा सामाजिक सुरक्षामाथि गम्भिर प्रश्न खडा भएको बताएका हुन् ।

‘एउटा अपराधको घटना कानुनी रूपमा अघि बढ्दै गर्दै गर्दा अर्को दुःखद घटना घट्नु मर्माहक हो। यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएपछि उत्तेजित भीडले एउटी महिला प्रहरीको आवेगमा आएर हत्या गर्यो ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘निष्पक्ष छानबिन गरेर कानुनी उपचार खोज्ने र दोषीलाई कारवाही गर्नुपर्ने यस्ता घटनामा सामाजिक अवरोधले गर्दा थप दुर्घटना भएका यस्ता गम्भीर विषय हाम्रो समाजमा धेरै छन् ।’

सबैले संयमित भएर कानुनी उपचार खोज्नु नै बुद्धिमता हुने उल्लेख गर्दै पौडेलले आवेग र आक्रोशले कुनै समस्याको समाधान दिन नसक्ने पनि स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot