Logo

नेपाल टेलिकमको साधारण सभा चैत्र २४ गते



काठमाडौं,८ चैत्र । नेपाल टेलिकमको आगामी चैत २४ गते बिहीबार साधारण सभा हुने भएको छ । टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त लाभांश पाउने कम्पनीको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्