एजेन्सी, ८ चैत्र । कालो हरिण शिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानलाई राजस्थान उच्च अदालतले ठूलो राहत दिएको छ । हाईकोर्टको जोधपुर बेन्चले सलमान खानको ट्रान्सफर मुद्दामा सुनुवाइ गरेको हो ।
अब सलमान खानसँग सम्बन्धित सबै याचिकामाथि उच्च अदालतमा सुनुवाइ हुने भएको छ । हाईकोर्टमा सुनुवाइका क्रममा बलिउड अभिनेताकी बहिनी अलविरा उनीसँगै उपस्थित थिइन् । मिडिया रिपोर्टका अनुसार १ अक्टोबर १९९८ मा जोधपुरको कानकानी गाउँमा कालो हरिणको शिकार भएको थियो ।
यस मामिलामा सलमान खान बाहेक सैफ अली खान, नीलम, सोनाली बेन्द्रे, तब्बु र दुष्यन्त सिंहलाई आरोपित गरिएको थियो । तर अदालतले सलमान खानबाहेक सबै अभियुक्तलाई सफाइ दिएको छ ।