Logo

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको धर्ना



काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सोमबारदेखि विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।

सबै उमेरसमुहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरी विधान बमोेजिमले तदर्थ समिति गठन गर्नलगायतका माग गरेर केन्द्रिय कार्यालयमा धर्ना बसेको नेविसंघका नेता विवेक बानियाँले बताए ।

विद्यार्थी नेता बानियाँले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको भन्दै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन, सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गर्न नेविसंघले माग गर्दै आएको जानकारी दिए ।

नेविसंघले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न मागसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्