Logo

माओवादीको मधेश प्रदेशमा विवाद छताछुल्ल, मातृका र गिरिराजमणिबीच पानी बाराबार



काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीमा विवाद चर्किएको छ । माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादी र पूर्व जनमोर्चा समूहबीच ठूलै विवाद चल्दै आएकोमा यसपटक छताछुल्ल भएको छ ।

आज माओवादीले जनकपुरमा मधेश प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको थियो । अध्यक्ष प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ काठमाडौंबाट पुगे । गणेश शाह पनि पुगे । तर, मातृका यादव अनुपस्थित भए । उनले प्रचण्डले पूर्वजनमोर्चाका नेतालाई बढी ठाउँ दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

जनयुद्ध लड्ने पीडामा परेको र नलड्नेले फाइदा लिइरहेको भन्दै मातृका यादवले कडा व्यवहार गर्दै आएका छन् । यसले माओवादीभित्र मधेशमा जातीय विषय पनि उठ्न थालिसकेको छ । मातृका र गिरिराजमणिबीच बोलचाल नै बन्द भएको छ । उनीहरुको समूहमा पानी बाराबारको स्थिति बनेको छ ।

त्यसो त मातृका जनकपुर विमानस्थलमा प्रचण्डलाई स्वागत गर्ने कार्यक्रममा पुगेका थिए । उनी टाढैबाट प्रचण्डलाई माला लगाइदिएको हेरिरहेका थिए । मातृका असन्तुष्ट भएपछि प्रचण्डले सम्झाउन खोजेको खुलाएका छन् । आउनैपर्छ भनेको तर नआएकोमा प्रचण्डले भलो नहुने बताए । महोत्तरीमा संगठनमा धक्का लागेकोप्रति पनि प्रचण्डले गम्भीरता देखाए ।

माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादीबाट मातृका यादव र पूर्व जनमोर्चाबाट गिरिराजमणि पोखरेल गुटबीच विवाद छ । उनीहरुबीच पार्टी संगठनमा आफ्ना मान्छे अगाडि बढाउनेमा मात्र नभई शालिकबारे समेत विवाद छ ।

निर्मल लामा र रामवृक्ष यादवको शालिक विवाद अझै समाधान हुन सकेको छैन । लामा र यादव दुवैको निधन भइकेको छ । लामा पुराना कम्युनिस्ट नेता हुन् । उनको कालगतीले निधन भएको हो । रामवृक्ष भने सशस्त्र द्वन्द्वका समयमा मारिएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot