Logo

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले ११ बजेदेखि सुरु हुने बैठक स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। आजको बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले पेश गर्ने सांगठनिक प्रतिवेदनमाथि छलफल हुदैछ। आजको बैठकमा सातै प्रदेशका अध्यक्षहरूले पनि रिपोर्टिङ गर्ने एजेन्डा रहको छ।

पछिल्लो समय पार्टी अध्यक्ष ओली सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउ आन्तरिक छलफलमा जुटेका छन् । बैठक भोलि (बिहिबार सम्म चल्ने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot