Logo

रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा



काठमाडौ, चैत ९ । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।

यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको उनको भनाई छ ।

गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एकपटक सञ्चालन भइरहेकामा अहिले एक महिनामा १५ दिनमात्र चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्