Logo

फेरि लोडसेडिङ हुनसक्ने



काठमाडौं, ९ चैत्र । देशमा माग अनुसारको विद्युत आपूर्ति हुन नसकेपछि लोडसेडिङ हुने सम्भावना बढेको छ । सुख्खायाममा नदी प्रवाह घटेर विद्युत उत्पादन पनि घटेको छ । अर्कोतर्फ, भारतबाट विजुली आयात निकै घटेको छ ।

इन्धनको मूल्य विश्व बजारमा बढ्दा भारतमा त्यसको प्रत्यक्ष असरहरु देखिएका छन् । अत्याधिक विद्युत खपत हुन थालेपछि भारतका पावर कम्पनीहरुले मूल्य बढाएका छन् । जसका कारण उनीहरुले नेपाललाई कम मूल्यमा विद्युत बेच्न मानेका छैनन् ।

सबैभन्दा कम उत्पादन हुने चैत्र महिनामै भारतबाट विद्युत आयात घट्न पुग्दा समस्या आएको छ । भारतसँग विद्युत खरिद सम्झौता अनुसार त्यहाँका कम्पनीहरुले नेपालमा भन्दा उतै विक्री गर्न थालेका छन् ।

विद्युत आयात घट्दा कम्पनीहरुले उद्दोगलाई विद्युत कटौती गरेका छन् । देशभर विद्युत जाने क्रम बढेको छ । अघोषित रुपमा प्राधिकरणले लोडसेडिङ्ग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्