Logo

एसएसपी सिंहलाई कारबाही गर्न सिफारिस



काठमाडौं, ९ चैत्र । वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । चेक फिर्ता गरेको घटनाको छानबिनका लागि गठित डिआईजी राजेशकुमार लाल कर्णको संयोजकत्वको समितिले सिंहलाई कारबाही गर्न सिफारिस गरेको हो ।

समितिले सिंह काठमाडौं प्रहरी प्रमुख रहेका बेला सिंहले चोरेको आरोप लागेको २ करोड २९ लाख रुपैयाँ भरिएको चेक सम्बन्धित व्यक्तिबाट फिर्ता लिएपनि पछि तीनै व्यक्तिलाई फिर्ता दिएको निष्कर्ष निकालेको छ ।

राजधानीको बानेश्वरमा जुवा खेल्ने क्रममा आफ्नो सातवटा चेक हराएको भन्दै राजकुमार बरालले असोजमा प्रहरी परि सरमा उजुरी दिएका थिए । सुभाष भेटवालबाट २ करोड २९ लाख रुपैयाँ भरिएका ती चेकहरु बरामद भएको थियो । सिंहले भेटवाललाई त्यो चेक फिर्ता गरेपनि विवादमा परेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot