Logo

अभिषेक बच्चन स्टारर फिल्म ‘दासवी’ को ट्रेलर रिलिज



एजेन्सी, ९ चैत्र । बलिउड अभिनेता अभिषेक बच्चन अभिनित फिल्म ‘दासवी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक आफैंले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सेयर गरेका हुन् ।

क्याप्शनमा उनले लेखेका छन्, ‘जनताको माग र भारी भोटमा ‘दासवी’ को ट्रेलर सार्वजनिक गरेका छौ ।’ तुषार जलोटाले निर्देशन गरेको यस फिल्ममा यामी गौतम र निम्रत कौरको पनि मुख्य भूमिका छ । फिल्म अप्रिल ७ बाट ओटीटी प्लेटफर्म मार्फत स्ट्रिम हुनेछ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot