Logo

काँग्रेस (वी.पी.) नुवाकोटले चैत्र ११ गते जन जागरणको निम्ति खुल्ला सभा गर्ने



नुवाकोट, ९ चैत्र । नेपाली काँग्रेस (वी.पी.) नुवाकोट जिल्ला कार्यसमितिले “भ्रष्टाचार मुक्त नुवाकोट ! राष्ट्रीयताको निम्ति करुवामा भोट !!” भन्ने मूल नारा सहित साँस्कृतिक कार्यक्रम एवम् जन जागरणको निम्ति खुल्ला सभा गर्ने भएको छ ।

वी.पी. काग्रेसले चैत्र ११ गते विदुर नगरपालिकाको बट्टार हावाघरमा साँस्कृतिक जन जागरणको निम्ति खुल्ला सभाको आयोजना गरेको हो ।

पूर्व मन्त्रि तथा पार्टीको केन्द्रिय सभापति सुशीलमान शेरचनको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जिल्ला कार्य समितिका सचिव शुसिल वाग्लेले बताए । कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारी तथा शिर्ष नेताहरुको विशेष उपस्थित रहने जनाएको छ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम र खेलकुदका कार्यक्रमबाट सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्ने पनि काँग्रेस वी.पी. नुवाकोटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot