Logo

युक्रेनका राष्ट्रपतिद्वारा आज संसारभरका मानिसलाई सडकमा उत्रन अपिल



काठमाडौं, चैत १० । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका छन्।

निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक विशेष सम्बोधन गर्दै संसारभरिका मानिसलाई आज सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्। आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।

उनले भने, ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्। ‘मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।”



प्रतिक्रिया दिनुहोस्