Logo

चैत १६ गतेदेखि बलेफी हाइड्रोले आईपीओ जारी गर्ने



काठमाडौं, १० चैत्र । बलेफी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी चैत्र १६ गतदेखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । चैत्र १६ गतेदेखि २१ चैतसम्ममा खुल्ने यो कम्पनीको आईपीओको लागि ग्लोबल आईएमई क्यापिटल शेयर रजिष्टार्डमा नियुक्त भएको छ।

कम्पनीले जारी गर्ने कुल आइपीओ मध्ये ४ प्रतिशत कम्पनीका कर्मचारी, ५ प्रतिशत कम्पनीका म्युच्युअल फन्डका लागि छुट्याइएको छ । त्यस्नै आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस्