म्याग्दी, १० चैत्र । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार विश्व पानी दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयुक्त आयोजननमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो ।
कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा राम–बिमला फाउण्डेशनका अध्यक्ष बिमला गौचनले खानेपानी र वन एक अर्काका अन्तर्सम्बन्धित भएकाले पानीको स्रोतलाई बचाउनुपर्ने बताइन् । जीवन जीउन र पानीविना केही पनि गर्न नसकिने हुँदा सबै प्राणीलाई पानीको आवश्यकता रहेकाले पानीको संरक्षण गर्नुपर्नेमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्ष समेत रहेकी गौचनले नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बाल सन्त मोहन शरण देवाचार्य महाराजश्री संग पनि भेट गरेकी थिइन् । कांग्रेस नेतृ समेत रहेकी गौचनले ऐतिहासिक जगद्गुरु बाल सन्त मोहन शरण देवाचार्य महाराजश्री संग पनि भेट्न पाउँदा निकै खुशी लागेको र आफुलाई भाग्यमानी ठानेको बताइन् । भेटमा जगतगुरुले कालीबराह कुण्डको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । गौचनले भनिन्,‘जगदगुरुसँग कालि बराह कुण्ड संरक्षणको गर्ने बारेमा पनि छलफल भयो । उहाँले आशीर्वाद दिनुभयो ।’
उक्त क्रममा गौचनले नेपाल आमाको मुर्ति निर्माण कार्य जारी रहेको उल्लेख गर्दे ७५फिट अग्लो मूर्ति निर्माण गर्नमा आफुले सहयोग गर्ने समेत गौचनले प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्,‘भम्केनी धाममा नेपाल आमाको मुर्ति निर्माण कार्य जारि रहेको छ, कमल आसन पछिको मुर्तिको पाउँ देखि शरिरको भागको कार्य शुरु हुँदै तथा नयाँ नमुना मुर्तिको मैनको कार्य पनि निरन्तर चलिरहेको छ ।’
नेपाल आमाको मुर्ति निर्माणमा सहयोग गर्ने दाताहरुलाई उनले धन्यवाद दिएकी थिइन् । दाताहरुले पठाएको रकम नेपाल आमाको मुर्ति निर्माण अभियान समितिको राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगर कंचनपुरको खाता नम्बर द्धज्ञडण्ज्ञण्ण्ण्ण्छटद्धडण्ण्ज्ञ मा जम्मा गरिएको समेत जानकारी दिइन् ।