भक्तपुर, १० चैत्र । १४ वर्षीया किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।