दिवाकर बागचन्दः पोहर सालको कुरा हो , मेरो परिवारका पाच् जना सदस्य कोभिड-१९ले ग्रस्त थिए । मेरा बुवा , हजुर आमा , काका , काकी र मेरा दाजु। मेरा दाजुको अवस्था अलि गम्भिर थियो। आफन्तलगायत छिमेकीहरुले हाम्रो घर अगाडि बाट हिंड्न छोडेका थिए । दसैंको समय थियो। मेरो घर पिडा मा छट्पटाइ रहेको थियो । मेरा बुवालाई भेट्न सुदुरपश्चिम का प्रतिष्ठित व्यक्तित्व समाजसेवी सुन्दर सुदुरपश्चिमका परि कल्पनाकार हस्पिटल पुगेछन । बुवाले यस्तो अवस्थामा मलाई भेट्न आएर तपाईंलाई सन्क्रमण को डर लागेन भनेर सोध्न भएछ । तपाईं र मेरो सम्बन्ध दाई भाईको सम्बन्ध हो। तपाईं यसरी कोविड सँग संघर्श गरी रहदा , म तपाईं लाई भेट्न आइन भने मैले दाई भन्नु बेमानी हो। रगत को सम्बन्ध मात्रा ठुलो होइन । मेरो मनले मानेन म भेट्न आए । गोपाल हमाल ले बुवा लाई भने ।
बुवाको अवस्थाको बारेमा त्यसपछि गोपाल हमालले मलाई अप्डेट गरी रहे । गोपाल हमाललाई राम्ररी थाहा छ म उन्को भोटर होइन। मेरो परिवारले उनलाई भोट् दिएन । उनी बुवा र परिवारको हेर बिचार मा लागि रहे । पत्रकार त्यसमा पनि म जस्तो छुच्चो मान्छे , मैले उनलाई सोधे दाई तपाईं त नेता मान्छे यो तपाई को राज्नितिक शैली त होइन। उनले भने , जन्मेको थिनस त्यती बेला देखी तेरो बुबासँग मेरो सम्बन्ध हो । उहा लेफ्ट बिचार धारा राख्नु हुन्छ त काङ्रेसी होस् मलाई थाहा छ । मलाई यस सँग सरोकार छैन ।
म मानब हुँ भाई मेरो रगत मा सुदुर पश्चिम दौडन्छ । म जे हुँ सुदुर पश्चिम का कारण हुँ । राजनीति गर्ने मन्त्री पद प्राप्त गर्ने अवसर मलाई प्राप्त नभएको होइन । के गर्ने मन्त्री बनेर ? मेरो उदेस्य एउटा शहर को निर्मानण गर्ने हो , चाहे के हुँदैन भनेर सन्देश दिने मात्र हो । म काम गने मान्छे हुँ । धनगढी लाई सुन्दर आकार दिन सके भने मेरो जीवनले अर्थ पाएको सम्झने छु । म सँग कुनै प्रतिकृया थिएन।
मेरो मनले दिमाग लाई प्रश्न गरी रह्यो: के नेपाली भोटर ले काम गर्ने लाई भोट् दिन्छ त ? आफूले भोट् दिदै आएका निर्वाचन , र आँफै उठेको पत्रकार महासंघ को चुनाव सम्झे । चुनाव जित्नका लागि गरिने अनैतीक हथकन्डा , र चुनाव जिते पछिको सुन्य जवाफदेहिताले लोकतन्त्र चुनाव पछि सुन्यतामा बिलाउन सक्छ भन्ने मेरो भोगाइ रह्यो ।
गोपाल हमालले स्थानिय निर्वाचनमा धनगढी उप महानगरपालिकाको मेयरको रुपमा जित्लान कि न जित्लान त्यो भबिस्य को गर्भमा लुकेको छ । तर, यो निर्वाचन को परिणामले नेता भन्दा हामी जनता लाई केही नैतीक प्रश्न गर्ने छ । जो यस् प्र्कार छन:
१. हामी देश बिकास को कुरा गर्ने भोट् चाँही टाइड. टेस्टेड र फेल्ड ब्यक्ती लाई मात्र दिने ।
२. हामी समाता का कुरा गर्ने तर चुनाव मा जात छेत्रीय्ता र समुदाय को कुरा गर्ने।
३. हामी भ्रस्टाचार को बिरोध गर्ने भोट् चाँही जो ले मासुभात , पैसा दिन्छ त्यस लाई दिने ।
४. हामी बिकास निर्माणका काम मा आफ्नो हिस्सा र नाफा खोज्ने अनी स्मार्ट सिटी को घिसापिटा सपना देख्ने ।
हामीले यस पटक पनि यिनै माप्दनडमा रहेर भोट् गरेउ भने बिकास , सुशासन , न्याय लोकतन्त्र का कुरा बेइमानी हुनेछ । यस्तो समाज रोगी समाज हुन्छ । कुन्ठित र आफ्नै लोभ लालच र पूर्वग्रहले ग्रसित समाज कहिलै खुला समाज कहिलै हुँदैन ।
खुला समाज को निर्माण लागि भोट् को शक्ती लाई बुझ्नु पर्छ । बन्दुकले गरेको कथित क्रान्ति ले यो देश लाई बेथितीको जुन भुमरिमा हाल्यो , त्यस बाट मुक्ती पाउन भोट् द्वारा क्रान्ति गर्न आवश्यक छ। जुन देश मा नेता सुध्रने गुन्जाइस हुँ दैन त्याहा जनता सुध्रन जरुरी हुन्छ।
सताब्दी लामो ईतिहास बोकेको इन्डीयन नेसनल काङ्रेस्स पार्टी र देश कै ठुलो पार्टी भारतिय जनता पार्टी लाई पनि भोट् द्वारा पन्जाब का चेत्नशिल जनता ले धुलो चटाएका छन।मनी , मसल र पावरलाई नकारेका छन । निर्वाचन को पारम्परिक परिभाषा बद्लि दिएका छन । भोट् द्वारा क्रान्ति सम्भब्व छ भन्ने भगत सिंह को माटो ले सन्देश दिएको छ।
हामी ले भोट् के हो बुझ्न धेरै घोत्लिनुपर्दैन , धेरै केही गर्नु पर्दैन । सन १८८४ मा बनेको देशरी नारायण राव निर्देशित फिल्म आजका एम ।एल। ए। राम अव्तार को यो सम्बाद लाई मनन गरे पुग्छ । भोट डब्बा हालेर भुल्ने कागज को टुक्रा होइन । भोट् तिम्रो तिम्रो परिवार र देशको सुधार र सम्ब्रिधी को लागि हो। भोट् दुई धारे तरबार हो । सही तरफ परे देश खुशी हुन्छ, गलत तर्फ परे देश ध्वस्त हुन्छ ।
आउदो चुनाव नेपाल को राजनीति बदलने , हाम्रो भाग्य लेख्ने अवसर हो। कुरा यती हो कि हामी भोट् द्वारा क्रान्ति गर्न चाहन्छौ कि लोभ , लालच , जातिबाट र अहन्कार को आगो मा जलेर नस्ट हुन चाहन्छौ रु जवाब आफ्नो भोट्र मतदान द्वरा दिनु होला । लोक्न्त्र , बिकास र न्याय को जित होस् ।नेपाल को जित होस् । सबै लाई निर्वाचन को शुभ कामना ।- हाल न्यु योर्क