Logo

योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिदै



काठमाडौं, चैत १। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि शपथ लिदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख अतिथिमा लखनउस्थित इकाना स्टेडियममा आदित्यनाथले सपथ लिन लागेका हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सपथ ग्रहण समारोह आज अपराह्न चार बजे राखिएको छ । उक्त समारोहमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीसमेत सहभागी हुँदैछन् ।

त्यस्तै, मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, उत्तराखण्ड, कर्नाटक, नागाल्याण्डका मुख्यमन्त्रीहरुलाई समारोहमा आमन्त्रण गरिएको छ । त्यस्तै, योग गुरु रामदेवसहित हजारौ सन्त महन्तलाई पनि आमन्त्रण गरिएको छ ।

सपथ ग्रहण समारोहमा ७० ह लखनउका सडक, चोक र सार्वजनिक स्थानहरुलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरुले सजाइएको छ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै



प्रतिक्रिया दिनुहोस्