काठमाडौं, ११ चैत्र । सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । बालकलाई २–०३–००१ त २४३९ नम्बरको ट्रयाक्टरले बेलुका ६ बजेतिर ठक्कर दिएको थियो ।