एजेन्सी, ११ चैत्र । बलिउड अभिनेत्री श्रद्धा कपुर र रोहन श्रेष्ठको प्रेम सम्बन्ध बिछोडको हल्ला चलिरहेको छ । सम्बन्ध बारे श्रद्धाले प्रतिक्रिया दिँदै इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै क्याप्शनमा लेखेकी छिन्,“अरु थप ???“। श्रद्धाका भाइले उनको पोस्टमा कमेन्टमा लेखेका छन्, ‘मिस यू माइ लीड क्वीन’।
श्रद्धा र रोहनले कहिले पनि आफ्नो सम्बन्धलाई स्वीकार नगरे पनि उनीहरुको विवाहको हल्ला भने चलिरहन्छ । श्रद्धा कपुर र रोहन श्रेष्ठ विगत चार वर्षदेखि बलियो सम्बन्धमा थिए । उनीहरुको बिछोडको कारण कसैलाई थाहा छैन् तर मिडिया रिपोर्टका अनुसार रोहन यस वर्ष गोवामा भएको श्रद्धाको जन्मदिनको पार्टीमा सहभागी भएनन् । फेब्रुअरीमा नै दुवैको बाटो छुट्टिएको बताइएको छ ।
गत वर्ष श्रद्धा र रोहनको विवाहको हल्ला चलेको थियो । यसबारे प्रतिक्रिया दिँदै अभिनेत्रीका बुवा शक्ति कपूरले भनेका थिए,“रोहन एक पारिवारिक साथी हो, म उनका बुबालाई धेरै वर्षदेखि चिन्छु। रोहन प्रायः हामीकहाँ आउँछन्, तर उसले विवाहमा श्रद्धाको हात मागेको छैनन् र, अहिलेका छोराछोरीले यी कुराहरू आफैं तय गर्छन् ।यदि श्रद्धाले मलाई आफ्नो लागि जीवनसाथी छनोट गरेको बताइन् वा सिद्धान्तले त्यसो गरे भने म तुरुन्तै राजी हुनेछु।म किन इन्कार गर्छु?’