काठमाडौं, ११ चैत्र । स्थानीय चुनावमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनपर्ने सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले धारणा राखेका छन् ।
आज बसेको ७ प्रदेशका सभापतिहरुको बैठकले यस्तो माग गरेको हो । सभापतिहरुको बैठक कांग्रेसको केन्द्रीय कार्यसमितिको अघि बसेको थियो ।