Logo

पृथ्वीमा अमेरिकाको प्रभुत्व रहेनः रुसी पूर्वराष्ट्रपति मेडभेडेभ



एजेन्सी, ११ चैत्र । रुसका पूर्व राष्ट्रपति डिमिट्री मेडभेडेभले पृथ्वीमा अमेरिकाको प्रभुत्व अन्त भएको टिप्पणी गरेका छन् । उनले अब सँसार एकलबाट बहुध्रुवीय बनेको समेत बताए ।

रुसी सञ्चारमाध्यम स्पुतनिक र आरटीलाई अन्तवार्ता दिदै मेडभेडेभले सँसारको भूराजनीतिक परिवर्तनको व्याख्या गरेका छन् । उनले भनेका छन्,‘अमेरिका पृथ्वीको मालिक रहेन ।’

रुसले युक्रेनमाथि हमला गरेपछि विश्वमै तरंग आइरहँदा रुसी पूर्वराष्ट्रपतिको भनाई आएको हो । उनले रुसी ग्याँस नहुँदा यूरोपमा आएको संकटबारे समेत ध्यान दिन भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्