Logo

नेविसंघ अध्यक्ष शेर्पालाई कोइराला समूहबाहेक सबैबाट अनुमोदन



काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्वीकार गरे पनि अन्य दुई समूहले भने अनुमोदन गरेका छन् ।

सभापति देउवाले ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले शेर्पालाई निवासमै बोलाएर बधाई दिएका छन् । यसअघि शेर्पालाई निवासमै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिएका थिए । बधाई कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।

उता, शेर्पासहितको मनोनयनप्रति असन्तुष्टी जनाउँदै कोइराला समूहले १४ चैतमा अनुपम फूडल्याण्डमा वृहत भेलाको आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्