Logo

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हस्तान्तरण



काठमाडौं, चैत १३ । चीनले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कामार्फत विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् ।

हालसम्म विमानस्थलको भौतिक प्रगति ९३ र वित्तीय प्रगति ७४ प्रतिशत रहेको छ । नेपाल सरकारले विमानस्थल निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सीएएमसीईलाई दिएको थियो । हालसम्म विमानस्थलको २ हजार ५ सय मिटर रनवे, एप्रोन, ह्यांगर, टर्मिनल भवनलगायत ठूला निर्माणका सम्पूर्ण काम सकिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलबाट कम्तीमा दैनिक ६ अन्तरराष्ट्रिय र ४८ आन्तरिक उडान गर्न सकिनेछ । हाल उक्त विमानस्थलबाट आन्तरिक उडान मात्र भइरहेका छन् ।

विमानस्थल चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा निर्माण गरिएको हो । चीनबाट लिइएको कर्जाको ब्याजदर दुई प्रतिशत रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ, जुन ब्याजदर अन्य दाताबाट लिइएको भन्दा बढी रहेको भन्दै विरोध हुने गरेको छ । विमानस्थल निर्माणको ठेक्का पनि चीन सरकारकै स्वामित्वमा रहेको सीएएमसीईले पाएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot