Logo

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं, चैत १३ । शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । अहिले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको बैठक आज पनि स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने छ ।

शुक्रबार २० जना प्रतिनिधिले ‘घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ’ अभियानबारे आफू खटिएको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । आजको बैठकमा पनि बिफ्रिङ जारी रहनेछ । आजको बैठकमा चुनावी घोषणापत्र र गठबन्धनबारे छलफल गर्ने कांग्रेसको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot