Logo

पुटिन चाँडै सत्ताबाट हट्ने बाइडेनको दाबी



एजेन्सी, १३ चैत्र । रुस–युक्रेन युद्धका बेला पोल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो दाबी गरेका छन् । उनले पुटिन चाँडै सत्ताबाट हट्ने बताएका हुन् ।

उनले रुसले नै युद्ध रोजेको र यो युद्ध एक दिन वा एक महिनामा अन्त्य नहुने बताए । यसैबीच अमेरिकी राष्ट्रपतिको भनाइप्रति रुसले कडा प्रतिक्रिया दिएको छ ।

रुसी राष्ट्रपति हाउस क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन कहिलेसम्म सत्तामा रहने बाइडेनले निर्णय नगर्ने बताएका छन् । रुसका जनताले पुटिनलाई राष्ट्रपति बनाएका हुन् । उनले बाइडेनको भनाइले रुस र अमेरिकाबीचको सम्बन्धमा अझ गहिरो प्रभाव पार्ने बताए ।

अर्कोतर्फ, अमेरिकाको ह्वाइट हाउसले पनि बाइडेनको भनाइलाई लिएर पुटिनलाई हटाउनको लागि आह्वान नगरेको स्पष्ट पारेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot