Logo

चिनियाँ विदेशमन्त्री यी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सुरु



काठमाडौं, १३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता सुरु भएको छ।

विदेशमन्त्री यी र ओलीबीच होटल मेरियटमा भेटवार्ता जारी छ। उक्त भेटवार्तामा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने बताईएको छ।

भेटवार्तामा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख डा. राजन भट्टराईलगायत छन् ।

यसपछि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेशमन्त्री यीको भेटवार्ता भइसकेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot