काठमाडौं, १३ चैत्र । आगामी चुनावको लागि जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न जिम्मेवारी दिइने भएको छ ।निर्वाचन आयोगले बैशाख २० गतेसम्मका लागि २ करोड मतपत्र केन्द्रलाई छाप्न दिने जनाइएको छ ।
केन्द्रले यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी गरिरहेको छ । हिमाली तथा दुर्गम जिल्लाका चाडो मतपत्र छाप्ने र सुगम क्षेत्रमा पुर्याउनको लागि अलि पछि छाप्ने केन्द्रले तयारी गरेको छ ।