Logo

सर्लाहीमा पुलको बार भत्काउँदै बस खस्दा ४ जनाको मृत्यु



काठमाडौं, १३ चैत्र । सर्लाहीको फुलजौर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । घटनामा २५ भन्दा बढी घाइते भएका छन् ।

आज पूर्व पश्चिम राजमार्ग अन्तर्गत फूलजौर खोलाको पुलमा वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको ना ४ ख ८५५५ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । बस द्रुत गतिमा रहेकोले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

घटनाका घाइतेलाई उपचारका लागि लगिएकोमा ४ जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । घाइतेहरुको लालबन्दी मोडल अस्पताल र गढीमाई अस्पतालमा उपचार भइरहेको छ । तस्बिर स्रोत: जनारजन खत्री/ दराने



प्रतिक्रिया दिनुहोस्

Screenshot