Logo

सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु



सर्लाही,१३ चैत्र । सर्लाहीमा आज यात्रुबाहक बस दुर्घटना भएको छ । वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ८५५५ नम्बरको बस पुर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामा पल्टिदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा यात्रा गरेका २५ जना घाइते भएका छन् ।

प्रहरीको अनुसार दुर्घटनामा मृत्यु भएका चारजनाको हालसम्म पहिचान खुलेको छैन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्