Logo

‘पाकिस्तान सबैभन्दा परमाणु असुरक्षित देश’ रहेको रिपोर्ट



एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने खतरा औल्याइएको छ ।

जियोपोलिटिकाको रिपोर्टले पाकिस्तानलाई परमाणु असुरक्षित देश भनिएको छ जसले विश्वकै सुरक्षामा खतरा ल्याउन सक्छ । पाकिस्तानमा निरन्तरको आतंकवादी गतिविधि, राजनीतिक अस्थिरता र बढ्दो उग्रवादका कारण यस्तो खतरा औल्याइएको हो ।

पाकिस्तानको तेहरिक ई लबै र तेरिक आई तालिवान पाकिस्तान जस्ता संगठनलाई खतरनाक मानिन्छ । ती संगठनहरु त्यहाँको सरकारलाई पनि वाध्य पार्नसक्ने क्षमताका छन् । जियोपालिटिकाको रिपोर्टले पाकिस्तानको जिहादीहरु बढ्दै जाँदा त्यहाँको आणविक अस्त्र उनीहरुको नियन्त्रणमा जान सक्ने खतरा औल्याएको छ । पाकिस्तानको सैनिकमा समेत आतंकवादी संगठनहरुको घूसपैठ भएको विषय समेत रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानले पश्चिमा देशको प्रविधि चोरी गरी आणविक अस्त्रहरु विकास गरेको आरोप समेत छ । रिपोर्टमा पाकिस्तानमा भएका परमाणु हतियारको खतराको कारणबारे पनि उल्लेख गरिएको छ । हालैमात्र नर्वेको सुुरक्षा एजेन्सीहरुले थ्रेट एसिस्मेन्ट रिपोर्ट तयार गरेका छन् । जसमा पाकिस्तानलाई सबैभन्दा परमाणु हतियारको खतराको देश भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot