Logo

आज दोहोरो अंकले नेप्से घट्यो, कारोबार रकम भने बढ्यो



काठमाडौं, १३ चैत्र । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दाहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ४३ अंकले घटेर २५ सय ७२ दशमलव २३ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ९ दशमलव ५५ अंकले घटेर ४७९ दशमलव ३९ विन्दु कायम भएको हो ।

शेयर बजारको अनुसार आज नेप्सेमा २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँ बराबरको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्