Logo

एकीकृत प्रवेश परीक्षाको नतिजामा ‘पर्सेन्टाइल’ प्रणाली लागु गर्दै चिकित्सा आयोग



काठमाडौं, १३ चैत्र । आगामी चैत्र १८, २० र २१ गते हुने एकीकृत प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले पर्सेन्टाइल प्रणाली लागु गर्ने भएको छ ।

शुक्रबार एक सुचना जारी गर्दै आयोगले परीक्षामा पर्सेन्टाइल प्रणाली लागु गर्ने जानकारी दिएको हो । परीक्षमा ३६ हजार विद्यार्थी सहभागी हुनेछन् । यो वर्ष चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा ८ हजार विद्यार्थीले पढ्न पाउने सिट संख्या रहेको छ।

आयोगको अनुसार नतिजामा पर्सेन्टाइल प्रणाली लागु गर्दा परीक्षमा सहभागी भएका परीक्षार्थी मध्ये न्युनतम ५० प्रतिशत अध्ययनका लागि योग्य हुने छन् ।

आयोगले प्रवेश परीक्षा सञ्चालन २०७७ संशोधन गरेर पर्सेन्टाइल प्रणाली लागु गर्ने निर्णय गरेको हो । आयोगको अनुसार विगतका परीक्षा प्रणालीमा न्युनतम १ सय अंक अर्थात ५० प्रतिशत अंक ल्याउने विद्यार्थीमात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने व्यवस्था छ ।

 



प्रतिक्रिया दिनुहोस्