काठमाडौं, १३ चैत्र । आगामी स्थानीय तहको निर्वाचनका लागि २ लाख ९३ हजार २ सय १६ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।
आगामी बैशाख ३० गते हुने चुनावको लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत १ लाख म्यादी प्रहरीको लागि दरखास्त आह्वान गरिएकोमा माग भन्दा दोब्बर आवेदन परेको हो ।
सरकारले ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । म्यादी प्रहरीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
मधेश प्रदेशमा ६८ हजार बढी,प्रदेश नं. १ मा ५० हजार बढी, बागमतीमा २७ हजार बढी, उपत्यकामा १३ हजार बढी, गण्डकीमा २५ हजार बढी, कर्णालीमा २१ हजार बढी र सुदूरपश्चिममा २९ हजा बढीले आवेदन दिएका हुन् ।