काठमाडौं, चैत १४ । कांग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। ‘घरघर जाऔँ का)ग्रेस जिताऔँ’अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बत्ती छलफल चलिरहेको छ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेका छन् । सबैको धारणापछि एउटा निर्णयमा पुग्ने कांग्रेसको तयारी छ ।
अन्य दलसँग गठबन्धन गरेर चुनावमा गए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरे पनि धेरैभन्दा धेरै पालिका र वडामा अध्यक्ष जित्ने गरी केन्द्रीय सदस्यहरूको धारणा बाहिर आएको छ ।
बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल सरकारको निरन्तरतासँग पनि जोडेका छन्। त्यस्तै, आगामी निर्वाचनमा हुने गठबन्धनलाई सरकारको निरन्तरताको विषयसँग गाँसेर हेर्नुपर्ने धारणा आए पनि धेरैजसो केन्द्रीय सदस्यले आवश्यकताको आधारमा स्थानीय संरचनाले नै गठबन्धनबारे निर्णय लिनुपर्ने धारणा राखेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।