काठमाडौं, १४ चैत्र । अवैध रुपमा लैजान लागेको बुद्ध चित्त जस्तो देखिने वस्तुको १ सय ४३ थान माला सहित कोरियन नागरिक पक्राउ परेका छन् । बुद्ध चित्त जस्तो देखिने वस्तुको १ सय ४३ थान माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक क्ग्ल् ग्ल्न् व्ब्ल्न् लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त माला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।