Logo

कांग्रेसमा अधिकांश सदस्य गठबन्धनको पक्षमा



काठमाडौं, १४ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी चुनावमा सत्तारुढ दलहरुसँग गठबन्धन गर्ने भएको छ । आजको केन्द्रीय कार्य समिति बैठकपछि प्रवक्ता प्रकाशशरण महतले  अधिकांश सदस्यहरूले गठबन्धनको पक्षमा धारणा राखेको भन्दै भोलिको बैठकमा गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णयसहित प्रस्ताव पारित हुने बताए ।

केही पदाधिकारी र सदस्यहरूले कांग्रेस एक्लै जनताबीच परीक्षणमा जानुपर्ने बताए पनि अधिकांशको मत गठबन्धन र तालमेलको पक्षमा आएको समेत महतले जानकारी दिए ।

बैठकमा अधिकांश सदस्यले गठबन्धनको सैद्धान्तिक निर्णय केन्द्रबाटै हुनुपर्ने भनेकाले अर्को बैठकले प्रस्तावसहित निर्णय गर्ने उनले स्पष्ट पारे ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्