Logo

प्रदुषणले निम्त्याएको पर्यावरणीय संकट देशका लागी चुनौतीः प्रदिप पौडेल



काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका सहरमा बढेको प्रदुषणप्रति चासो प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले बढ्दो प्रदुषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् ।

नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन्।

विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र पर्यावरणमैत्री विकासको मोडल निर्माण गर्न उनले आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot