Logo

विश्वकप फुटबलमा यी देश छनोट (नामावलीसहित)



एजेन्सी, १४ चैत्र । विश्वकप फुटबल २०२२ को छनोट खेल अन्तिम चरणमा पुगेको छ । अबको केही दिनभित्रै विभिन्न महादेशबाट सिधै छनोट हुने टोलीको अन्तिम टुंगो लाग्दैछ ।

मङ्गलबार अफ्रिकी महादेशबाट छनोट हुने पाँच वटा देशको टुंगो लाग्दैछ । अन्तिम छनोट चरणमा पुगेका १० टोलीबाट ५५ टोलीले अन्तिम लेग खेल्दैछन् । यसबाट छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

उत्तर अमेरिकाबाट क्यानडा छनोट भएको छ । अमेरिका र मेक्सिको पनि छनोट हुने निश्चितप्रायः भएको छ ।
कुल ३२ टोलीले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा अहिलेसम्म २० टोली छनोट भइसकेका छन् । बाँकी १२ टोलीको टुंगो लाग्न बाँकी छ । त्यसमध्ये पनि केही टोली छनोट हुने निश्चिप्रायः बनेको छ ।

छनोट चरण अन्तिमतिर पुगिसकेको छ । यूरोप, एशिया प्यासिफिक र दक्षिण अमेरिकाबाट सिधै छनोट हुने टोलीको टुंगो लागिसकेको छ । उक्त क्षेत्रमा प्ले अफ खेल्ने टोलीको छनोटको टुंगो लाग्न मात्र बाँकी छ ।

यूरोपबाट १० देश छनोट भइसकेका छन् । बाँकी ३ देशको प्ले अफबाट टुंगो लाग्नेछ ।

एशिया प्यासिफिकबाट ४ टोली सिधै छनोट भइसकेका छन् । कतार आयोजकका रुपमा छनोट भइसकेको छ ।

एशियाबाट उत्तर कोरिया, इरान, जापान र साउदी अरेबिया छनोट भएका छन् । एशियाबाट दुई टोलीले प्ले अफ म्याच खेल्नेछन् । उक्त टोलीले दक्षिण अमेरिकाको पाँचौं टोलीसँग प्ले अफ म्याच खेलेपछि छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

यूरोपका टोलीबीच प्ले अफ म्याच चलिरहेको छ । प्ले अफ पनि अन्तिम चरणतिर पुगेको छ । अबको केही हप्तामै यूरोपको प्ले अफ म्याचको पनि टुंगो लाग्दैछ ।

एशिया
कतार, इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया । अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने । विजेताले दक्षिण अमेरिकाबाट पाचौं हुने टोलीसँग प्ले अफबाट टुंगो लाग्ने
यूरोप
जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएशिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्ड्स । बाँकी ३ टोली प्ले अफबाट टुंगो लाग्न बाँकी
दक्षिण अमेरिका
ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे । पाचौं हुने टोलीले प्ले अफ खेलेपछि टुंगो लाग्ने
उत्तर अमेरिका
क्यानडा छनोट भएको छ । अमेरिका र मेक्सिको पनि छनोट हुने निश्चितप्रायः छ । बाँकी एक टोलीले प्ले अफ म्याच खेल्नेछन् ।
अफ्रिका
१० टोलीबीच प्ले अफको पहिलो म्याच सकियो । दोस्रो म्याचबाट मंगलबार ५ टोली टुंगो लाग्ने



प्रतिक्रिया दिनुहोस्