Logo

राष्ट्र बैंकले १७ अर्बको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं,१५ चैत्र । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि ट्रेजरी बिल जारी गर्ने भएको छ । १७ अर्ब १० करोड रुपैयाँ बराबरको २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि बैंकले ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल गरेको थियो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब र ९१ दिनको लागि ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।

त्यस्तै, बैंकले १८२ दिनका लागि ३ अर्ब र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

 



प्रतिक्रिया दिनुहोस्