Logo

काँग्रेस (वी.पी.) नुवाकोटले उम्मेदवार छनोट गर्न प्रतिनिधि खटायो



नुवाकोट, १५ चैत्र । नेपाली काँग्रेस (वी.पी.) नुवाकोटले आगामी स्थानीय निर्वाचनको लागि उम्मेदवार छनोट र पार्टीको प्रचार प्रसारको लागि प्रतिनिधि खटाएको छ ।

काँग्रेस (वी.पी.) नुवाकोटका सभापति श्याम बहादुर गुरुङ्गले आज एक विज्ञप्ति जारी गर्दै नुवाकोटको बाह्र तहमा प्रतिनिधि खटाएको जानकारी दिएका हुन् ।

काँग्रेस (वी.पी.) नुवाकोटले विदुर नगरपालिका, दुप्चेश्वर गाउँपालिकामा नानीकाजी प्याकुरेल, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, तादी गाउँपालिकामा विश्वनाथ अधिकारी, तारकेश्वर गाउँपालिकामा सुशीलराज वाग्ले, शिवपुरी गाउँपालिकामा रामबहादुर तामाङ, पन्चकन्या गाउँपालिकामा, गाउँपालिकामा सुर्दशन सिटौला, सुर्यगढी गाउँपालिकामा टिका प्रसाद धमला (बलराम), म्यागङ गाउँपालिकामा ई. हुकुम तामाङ, किस्पाङ गाउँपालिकामा धनुमाया तामाङ, ककनी गाउँपालिकामा लक्की तामाङलाई प्रतिनिधि खटाएको छ ।

काँग्रेस (वी.पी.) नुवाकोटले गत चैत्र ११ गते नुवाकोट जिल्लाको सदरमुकाम विदुरको बट्टार बजार हावाघरमा “भ्रष्टाचार भुक्त नुवाकोट ! राष्ट्रियताको निम्ति करुवामा भोट !!” भन्ने नारा सहित जनजागरणका निम्ति खुल्ला सभाको आयोजना गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot