Logo

डा. नारायण खड्काको कूटनीतिक क्षमताले विदेश सम्बन्ध सुदृढीकरणमा फड्को



काठमाडौं, १५ चैत्र । परराष्ट्रमन्त्री डा. नारायण खड्काले त्यस्तो अवस्थामा मन्त्रालय सम्हाले जतिबेला नेपालको विदेश सम्बन्धमा उतारचढावहरु आइरहेको थियो । छिमेकी मुलुक भारत र चीनको बढ्दो चासो सँगै अमेरिका र यूरोपेली यूनीयनको पनि उत्तिकै चासो थियो ।

नेपालमा शक्तिशाली देशहरुको प्रभाव बढाउने प्रतिष्पर्धा नै चलेको थियो । कतिपय परिस्थितिमा अविश्वासको वातावरण पनि विकास भएको थियो ।

खड्काले छिमेकी देखि नेपालमा चासो राख्ने देशहरुसँग सन्तुलित सम्बन्धको विकास गर्न भूमिका खेले । नेपालमा अमेरिका, यूरोपेली यूनीयनका देश देखि भारत र चीनका उच्च अधिकारीहरुको महत्वपूर्ण भ्रमणहरु भए । उनले कूटनीतिक माध्यमले ती देशका अधिकारीहरुसँग कुराकानी गरे ।

अमेरिकाले एमसीसीलाई प्रतिष्ठाको विषय बनायो । एमसीसी पारित भयो । त्यसले अमेरिकासँगको सम्बन्ध बिग्रन पाएन ।

चीनबाट पनि विदेशमन्त्री वाङ यीको भ्रमण भयो । उनले पूर्वाधार विकासमा चासो राखे । केही महत्वपूर्ण सम्झौताहरु भए ।

भारतसँग पनि मन्त्री खड्काले सुमधुर सम्बन्ध विकास गर्न भूमिका खेले । द्विपक्षीय हितका विषयमा महत्वपूर्ण फड्कोहरु मारिए ।



प्रतिक्रिया दिनुहोस्