काठमाडौं, १५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई मनोनित गरेको छ । मंगलबार (आज) पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले उक्त पदमा शाहीलाई मनोनयन गरेका हुन् ।
अध्यक्ष लिङदेनले हस्ताक्षर गरेको मनोनयन पत्रमा शाहीले पार्टीको बृहत्तर हितको लागि कार्य गर्ने विश्वास लिएको उल्लेख गरिएको छ । शाहीले नेतृत्व गर्दै आएको हाम्रो नेपाली हामी नेपाली अभियानबीच सम्झौता भएसँगै उनले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए ।