Logo

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीद्वारा अध्यक्ष प्रचण्डसँग भेट



काठमाडौं, १५ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहँदै आएको बताएको पनि दाहालको सचिवालयले जनाएको छ ।

उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए । प्रचण्डले भने,‘यो एनआरएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

सो अवसरमा गैरआवासीय नेपाली संघको तर्फबाट केही निष्कर्ष र योजनाहरु कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न प्रस्ताव पेस गरिएको थियो । अध्यक्ष प्रचण्डले खादा ओढाएर नवनिर्वाचित पदाधिकारीहरुको टोलीलाई बधाई ज्ञापन गरेको पनि सचिवालयले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot