Logo

विश्वकपमा २६ टोली छनोट, कुन महादेशबाट कुन (नामावलीसहित)



एजेन्सी, १४ चैत्र । विश्वकप फुटबल २०२२ को छनोट खेल लगभग सकिएको छ । ३२ टोलीमध्ये २६ टोली विश्वकपमा छनोट भएका छन् । अब यूरोपमा एक, अन्तर महादेशीय प्ले अफतर्फ एशिया प्यासिफिकको प्रतिष्पर्धा, दक्षिण अमरिकाबाट प्ले अफ खेल्ने टोलीको टुंगो लाग्दैछ । उत्तर अमेरिकाबाट २ टोली टुंगो लाग्न बाँकी छ ।

अफ्रिकी महादेशबाट ५ टोलीको टुंगो गएराति लागिसकेको छ । उत्तर अमेरिकाबाट क्यानडा छनोट भइसकेको छ । अमेरिका र मेक्सिको छनोट हुने निश्चितप्रायः छ । पानामा र कोस्टारिकामध्ये एकले प्ले अफ खेल्नेछन् ।

एशियाबाट उत्तर कोरिया, इरान, जापान र साउदी अरेबिया छनोट भएका छन् । एशिया प्यासिफिकबाट अष्टेलिया र युएइएले प्ले अफ खेल्नेछन् । विजेता टोलीले दक्षिण अमेरिकाको छनोटमा पाचौं भएको पेरुसँग प्ले अफ म्याच खेलेपछि छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

एशिया
कतार, इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया । अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने । विजेताले दक्षिण अमेरिकाबाट पाचौं हुने टोलीसँग प्ले अफबाट टुंगो लाग्ने
यूरोप
जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएशिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड । बाँकी १ टोली प्ले अफबाट टुंगो लाग्न बाँकी
दक्षिण अमेरिका
ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे । छपेरुले प्ले अफ खेलेपछि टुंगो लाग्ने
उत्तर अमेरिका
क्यानडा छनोट भएको छ । अमेरिका र मेक्सिको पनि छनोट हुने निश्चितप्रायः छ । बाँकी एक टोलीले प्ले अफ म्याच खेल्नेछन् ।
अफ्रिका
क्यामरुन, घाना, सेनेगल, ट्युनिसिया र मोरक्को



प्रतिक्रिया दिनुहोस्

Screenshot