Logo

खड्का चुनावी कमाण्डर बन्दा कांग्रेसमा उत्साह



काठमाडौं, १६ चैत्र । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । हिजो (मंगलबार) बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको थियो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । कांग्रेसमा अत्यन्तै शालिन व्यक्तित्व बनाएका उपसभापति खड्का सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन् ।

सभापति देउवालाई लामो समयदेखि साथ दिँदै आएका खड्काले यसपटक निर्वाचनको कमाण्ड सम्हालेका छन् । उनी पाँच दलीय गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने पक्षमा उभिँदै आएका छन् ।

सबै दलका शीर्ष नेताहरुसँग समन्यवकारी भूमिका खेल्दै आएका खड्का कांग्रेसमा पनि साझा नेताको रुपमा परिचित छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुँदैछ ।

निर्वाचन नजिकिँदै गरेको अवस्थामा पाँच दलीय गठबन्धनलाई निर्वाचनमा सँगै लिएर जाने कि एक्लाएक्लै लड्ने भन्नेबारे अन्यौलता कायमै थियो । तर, हिजो सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले भने तालमेल गरेर जाने निर्णय गरेको छ ।

कांग्रेसमा सभापति देउवा सुरुदेखि नै सबै तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्छ भन्ने पक्षमा उभिँदै आएका छन् । तर, नेता शेखर कोइराला पक्षका नेताहरुले भने तालेमल गर्न नहुने धारणा राख्दै आएका छन् ।

पार्टीमा गठबन्धनको पक्षमा माहोल बनाउनको लागि उपसभापति खड्का र गृहममन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले महत्वपूर्ण भूमिका खेलेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot