Logo

चिरपट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या



सिन्धुपाल्चोक, १६ चैत्र । आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot